Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

इजरायलः खोप लगाएका व्यक्तिलाई ग्रीन पासपोर्ट

इजरायलः खोप लगाएका व्यक्तिलाई ग्रीन पासपोर्ट

  • फाल्गुण २४, २०७७ सोमवार १२:२२ बजे
  • 534
    SHARES
  • इजरायलः खोप लगाएका व्यक्तिलाई ग्रीन पासपोर्ट

    तेलअभिव । इजरायलले आफ्नो देशमा ५५ प्रतिशत जनसंख्यालाई कोरोना खोप लगाइसकेको छ । खोप लगाइसकेको क्षेत्रमा आइतबारबाट प्रतिबन्ध हटाइएको छ । रेस्टुरेन्ट, थिएटर, स्टेडियम, इभेन्ट हल र बजार खुल्न सुरु भएका छन् । इजरायल सरकारले आइतबार खोप लगाएका व्यक्तिलाई ग्रीन पासपोर्ट दिने बताएको छ । 

    पासपोर्ट लिएका मानिसहरु थियटर, रेस्टुरेन्टसहित सार्वजनिक स्थलमा जान सक्छन् । खोप नलगाएका मानिसका लागि केही प्रतिबन्ध लागू रहनेछ । इजरायलका नागरिक तथा स्थायी बासिन्दालाई देशभित्र प्रवेश गर्ने अनुमति पनि छिट्टै दिनेछ । यी व्यक्तिहरु इजरायल पुगेपछि आइसोलेसनमा बस्नुपर्ने नियम बनाइएको छ ।

    ९० लाख जनसंख्या भएको इजरायलमा डिसेम्बरबाट खोप अभियान सुरु भएको थियो । त्यहाँ मार्चसम्म सबै नागरिकलाई खोप लगाइसक्ने बताइएको छ । 

     

  • सम्बन्धित विषय:

  • # इजरायल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij