Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

अवरुद्ध कर्णाली राजमार्ग सुचारु

अवरुद्ध कर्णाली राजमार्ग सुचारु

  • 105
    SHARES
  • अवरुद्ध कर्णाली राजमार्ग सुचारु

    सुर्खेत । कालिकोटको गगनेभीरमा पहरिो खस्दा अवरुद्ध कर्णाली राजमार्ग सुचारु भएको छ ।कालिकोट प्रहरीको सक्रियातामा पहिरो पन्छाए पछि अवरुद्ध भएको १० घण्टा पछि राजमार्ग सुचारु भएको हो ।

    मंगलबार राती परेको अविरल बर्षाले गगने खोला पारीपट्टीको डाँडा पूरै खसे पछि राजमार्ग अवरुद्ध भएको थियो । पहिरो पन्छाउन स्काभेटर र जेसीभी गरी दुई वटा मेसिन प्रयोग गरी १० घण्टा पछि राजमार्ग सुचारु भएको कालिकोटका प्रहरी प्रमूख डिएसपी टेक रावतले बताए । ‘बर्षा नरोकिएकोले अवरुद्ध राजमार्ग खुलाउन समय लाग्यो’ रावतले भने, ‘रामार्ग खुले पछि रोकिएका सवारीहरु गन्तव्यतिर लागेका छन् ।’

    असार यता गगने भीरमा २८ पटक पहिरो खसेको छ भने राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ति भोग्नु परेको छ । वर्षा हुने बित्तिकै गगने भीरमा लेदो र ढुंगा खस्ने भएकोले राजमार्ग अवरुद्ध भएको कालिकोटका प्रहरी प्रमुख डिएसपी टेक रावतले बताए । राजमार्ग अवरुद्ध भएपछि सुर्खेत जाने गाडी हुल्ममा र सुर्खेतबाट आएका गाडी मालाचौरमा रोकिएका गाडिहरु गन्तव्यमा लागेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij