वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को कार्यकारिणी समितिको आज पनि बस्दै छ । तुलसी लाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजेदेखि बैठक सुरु हुने भनिए पनि १ बज्न लाग्दासम्म बैठक बस्न सकेको छैन ।
पार्टीका शीर्ष नेताहरु नआएको करण बैठकमा ढिलाई भएको बताइएको छ । आज बस्ने बैठकमा मन्त्रिपरिषद्मा पठाउने मन्त्रीको नाम टुंगो लगाइने बताइएको छ । यस्तै शीर्ष नेता महन्थ ठाकुरपक्षका कार्यकारिणी समिति सदस्यलाई कसरी पार्टीमा मिलाउने भन्नेमा पनि बैठकमा छलफल हुने भएको हो ।
जसपाको आधिकारिकता पाएपछि सुरु भएको बैठकले सोमबार पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि मंगलबार र बुधबार बसेको बैठकले संसदीय दलको विधान पारित गर्नुको साथै, संसदीय दलको नेता चयन गर्नका लागि तीन सदस्यीय निर्वाचन समिति बनाएको छ । यादव पक्षले आधिकारिकता पाएपछि जसपा कार्यकारिणी समितिको आज बस्ने तेस्रो बैठक हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij