Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

भान डाइक मैदान फर्किएको खेलमा लिभरपुलको हार 

भान डाइक मैदान फर्किएको खेलमा लिभरपुलको हार 

  • श्रावण १५, २०७८ शुक्रवार ०९:४० बजे
  • 460
    SHARES
  • भान डाइक मैदान फर्किएको खेलमा लिभरपुलको हार 

    एजेन्सी – इंग्लिस क्लब लिभरपुल प्रि–सिजनको तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा पराजित भएको छ । चोटका कारण लामो समय मैदान बाहिर रहेका डच डिफेन्डर भर्जिल भान डाइकले पूनरागमन गरेको खेलमा लिभरपुल पराजित भएको हो। 

    अष्ट्रियामा बिहीबार राति भएको खेलमा लिभरपुल जर्मन क्लब हर्था बर्लिनसँग ४–३ ले पराजित भएको हो ।

    हर्थाको जितमा स्टेभन जोभिटिचले दुई तथा सान्टियागो एस्कासिवार र सुआट सेरदारले समान एक गोल गरे । लिभरपुलका साडियो माने, ताकुमी मिनामिनो र एलेक्स च्याम्बरलिनले गोल गरेपनि हार टार्न सकेन ।

    चोटको कारण डाइक २ सय ८५ दिनपछि मैदान फर्किएका हुन् । उनले युरोकप फुटबल समेत गुमाएका थिए । भान डाइकले गत अक्टोबरमा चोट बोकेका थिए । उनको घुँडाको लिगामेन्टको चोटको शल्यक्रिया गरेका थिए ।

    प्रि–सिजनमा लिभरपुलले स्पेनिस क्लब एथलेटिको बिल्वाओ र ओसासुना मैत्रीपुर्ण खेल खेल्ने तालिका छ । त्यसपछि नर्विचसँग खेल्दै लिभरपुलले प्रिमियर लिगको सुरुवात गर्नेछ । हर्थाले मेप्पेनसँग डिएफवी पोकलको खेलपछि कोल्नसँग खेल्दै जर्मन बुन्डेसलिगाको सुरुवात गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # लिभरपुल
  • # भान डाइक

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij