Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

हाम्जा राफियालाई कोरोना भएपछि युभेन्टसको टोली नै आइसोलेसनमा 

हाम्जा राफियालाई कोरोना भएपछि युभेन्टसको टोली नै आइसोलेसनमा 

  • श्रावण १५, २०७८ शुक्रवार ०९:४४ बजे
  • 461
    SHARES
  • हाम्जा राफियालाई कोरोना भएपछि युभेन्टसको टोली नै आइसोलेसनमा 

    एजेन्सी – इटालियन क्लब युभेन्ट्सको सिनियर टोली नै आइसोलेसनमा बसेको छ।  मिडफिल्डर हाम्जा राफियालाई कोरोना संक्रमण पुष्टि भएसँगै टोली नै सेल्फ आइसोलेसनमा बसेको हो।  

    युभेन्टसले ८ अगस्टमा बार्सिलोनासँग जोन ग्याम्पर ट्रफी खेल्ने तालिका छ । टोली नै आइसोलेसनमा रहनुपरेपछि बार्सिलोना र युभेन्ट्सबीच खेल हुने नहुने अन्योल बढेको छ ।

    युभेन्ट्सको सिनियर टोलीले कोन्टिनासामा निरन्तर प्रशिक्षण जारी राख्दा कसैसँग सम्पर्कमा नरहेपनि कोरोना परिक्षण गराउँदा हाम्जालाई कोरोना पुष्टि भएको क्लबले जनाएको छ । ट्युनिसियाका हाम्जा राफिया अब कम्तीमा पनि १० दिन सेल्फ आइसोलेसनमा रहनेछन् । 

    अन्य खेलाडीहरुको पनि कोरोना परिक्षण गरिनेछ । कोरोना नेगेटिभ आएको खण्डमा टोली प्रशिक्षणमा जोडिने क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    अन्य खेलाडीलाई कोरोना पुष्टि नभए युभेन्ट्सले बार्सिलोनासँग खेल्नेछ । हाम्जाले भने बार्सिलोना भ्रमण गुमाउनेछन् ।

  • सम्बन्धित विषय:

  • # युभेन्टस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij