रेश्मा सिंह
काठमाडाैं । नेपाल र भारतमा फैलिएको बर्ड फ्लु भाइरस इनफुएन्जा ए (एचफाइबएनवन) हो । एचफाइबएनवन भाइरस फैलिनको लागि मानिस, जनावर, पशुपन्छि वा अन्य प्राणीको कोषभित्र पसेर ती कोषकै इनर्जी र संरचना प्रयोेग गरेर आफ्नो संख्या बढाउँछ ।
यसरी अरुको कोषभित्र पस्न र निस्कन यो बर्ड फ्लु भाइरसले आफ्नो शरीरको बाहिरी भागमा भएको प्रोटिनको प्रयोग गर्छ र शरीरलाई झुक्याइदिन्छ । यस्ता प्रोटिन दुई प्रकार हुन्छन् ।
Hemagglutinin प्रोटिन कोषभित्र पस्न प्रयोग हुन्छ । यो अठार प्रकारको हुन्छ । प्रकार अनुसार नम्बर दिइन्छ । जस्तै एच वन, एच टु, एच थ्री भनेर चिनिन्छ ।
Neuraminidase प्रोटिन कोषबाट बाहिर निस्कन प्रयोग हुन्छ । यो एघार प्रकारको हुन्छ । यसलाई एन वन, एन टु भनेर नामाकरण गरिन्छ । यस प्रकारले बर्ड फ्लु भाइरस एच फाइबएनवन हो । यसको मतलब बर्ड फ्लु भाइरसले आफनो शरीरमा भएको बाहिरी भागमा भएको एच फाइब भाइरसको प्रयोग गरेर कोषभित्र छिर्छ र एन वनको प्रयोग गरेर बाहिर निस्कन्छ ।
बर्ड फ्लु एक महादेशदेखि अर्को महादेश जाने हाँस र चराहरुमा प्राकृतिक रुपमै पाइन्छ । यी भाइरसले ती हाँस र चराहलाई खासै असर गर्दैन । तर तिनीहरुको बिष्ट, र्यालबाट अन्य पशुपन्छिमा सजिलै भाइरस सर्छ । घरपालुवा कुखुरा र हाँसको ज्यानै लिन्छ । कुखुरामा सरेपछि कुखुराको स्याहारसुसार गर्ने मानिसमा पनि सर्छ । तर आजसम्म एउटा मानिसमा सरेपछि अर्को स्वस्थ मानिसमा सरेको रेर्कड छैन ।
बर्ड फ्लुका लक्षण
बर्ड फ्लु र रुघाखोकीको लक्षणमा खासै भिन्नता हुँदैन । बर्ड फ्लुमा सामान्य रुघाखोकी लाग्ने लक्षणहरुले निकै चाँडो कडा रुप लिने, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या, खोकी लाग्ने, कमजोर महशुस हुने आदि लक्षण देखा पर्छन् ।
बच्ने उपाय
कुखुराको अण्डा राम्रोसँग उसिनेर खानुपर्छ । कुखुराको मासुलाई राम्रोसँग पकाएर खानुपर्छ । काँचो अण्डालाई हातले चलाइराख्न हुदैन । बर्ड फ्लु लागेको ठाउँबाट उत्पादित मासु र अण्डा खानु हुँदैन । सरसफाइमा विशेष ध्यान दिनुपर्छ र मासुलाई राम्रोसँग पकाएर खानुपर्छ ।
कुखुरा र हाँसको स्याहारसुसार गरेपछि व्यक्तिले आफ्नो सरसफाइमा ध्यान दिनुपर्छ । एकैपटक धेरै कुखुरा बिरामी भएको वा मरेको थाहा पाएपछि रोकथामको लागि एन्टिभाइरस खाइहाल्नु पर्छ । कुनै किसिमको लक्षण देखिए ४८ घण्टाभित्र औषधी खानुपर्छ ।
बालबालिका, गर्भवती, वृद्धवृद्धा र दिर्घरोगीलाई छिट्टै असर गर्छ त्यसैले घरपालुवा हाँस वा कुखुरा मरेपछि तुरुन्तै नजिकैको स्वास्थ्य चौकीमा खबर गर्नुपर्छ ।
स्रोत डाक्टर कल्याण सुवेदी
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij