Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

उच्च मनोवलकासाथ कार्यक्षेत्रमा खटिन महानिरीक्षक खनालकाे निर्देशन

उच्च मनोवलकासाथ कार्यक्षेत्रमा खटिन महानिरीक्षक खनालकाे निर्देशन

  • 479
    SHARES
  • उच्च मनोवलकासाथ कार्यक्षेत्रमा खटिन महानिरीक्षक खनालकाे निर्देशन

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा संचालित सि.सं. १४ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोही शिक्षालयमा साउन १९ गते एक कार्यक्रमका बीच उक्त तालिमको समापन गरेका हुन् । 

    महानिरीक्षक खनालले तालिमका उत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापालाई पुरस्कार तथा तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरे ।

    उनले दीक्षान्त समारोहलाई सम्बोधनका क्रममा संगठनलाई राष्ट्रको एक अब्बल सुरक्षा निकायको रुपमा स्थापना गर्न योगदान पुर्याउने अवकाश प्राप्त एवं वहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुप्रति आभार प्रकट गर्दै विपद् व्यवस्थापन, सीमा सुरक्षा तथा शान्ति सुरक्षा अमनचयन कार्यमा तल्लीन रही अपराध मुक्त समाज र विकास निर्माणको आधार बनाउन पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरे ।

    महानिरीक्षक खनालले गौरवशाली संगठन बनाउनको लागि अग्रज वीर सपुतले बगाएको रगत र पसिनाको उच्च कदर र स्मरण गर्दै उनीहरूले चालेका राम्रा कदमहरुलाई निरन्तरता दिदै संगठनलाई थप व्यवसायिक, आधुनिकीकरण र सेवा विशिष्टिकरण गर्दै लगिने बताए ।

    उनले कमाण्डर तहका अधिकृतहरुले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई अभिभावकत्व प्रदान गर्दै आफू नैतिकवान, इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ भई आम जनाताप्रति सुरक्षाको प्रत्याभूती तथा विश्वासको वातावरण बनाउनु पर्ने बताउँदै उच्च मनोवलकासाथ कार्यक्षेत्रमा खटिन निर्देशन दिए । 

    apf.jpg

    महानिरीक्षक खनालले राष्ट्र र संगठनको जिम्मेवारीको सिलसिलामा आफ्नो प्राणको आहुती दिने सशस्त्र प्रहरी महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरी कर्मचारीहरुको स्मरण गर्दै कर्तव्य पालनाको सिलसिलमा घाइते भई अंगभंग भएका सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरे ।

    देश र जनतालाई सधैं शीरमा राखेर नेपाल सरकारको नीति निर्देशन बमोजिम प्राप्त जिम्मेवारीका क्षेत्रमा निरन्तर लाग्न समेत निर्देशन दिदै आफ्ना सन्ततीलाई राष्ट्रसेवामा प्रेरित गर्ने अभिभावकहरुप्रति समेत उच्च सम्मान प्रकट गरे । गत साल भदौ २२ गतेबाट संचालन भएको उक्त तालिम ७६ जना सशस्त्र प्रहरी सहायक निरीक्षकले सफलतापूर्वक सम्पन्न गरेका छन् ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्गबहादुर राई, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ मुख्यालय मुक्तिनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक नारायणदत्त पौडेल, नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकृत लगायत सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij