Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

माओवादी केन्द्रको सम्पर्कमा आइन् प्रदेश सभा सदस्य विमला वली

माओवादी केन्द्रको सम्पर्कमा आइन् प्रदेश सभा सदस्य विमला वली

  • 565
    SHARES
  • माओवादी केन्द्रको सम्पर्कमा आइन् प्रदेश सभा सदस्य विमला वली

    बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली माओवादी केन्द्रको सम्पर्कमा आएकी छन् ।  एक हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार बिहान प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी हुन् ।

    पार्टीको सम्पर्कमा आएकी विमलाले आफूलाई मुख्यमन्त्री कार्यालयमै ‘बन्धक’ बनाएर राखिएको नेताहरुसँग बताएको  माओवादी संसदीय दलका एक सदस्यले जानकारी दिए । ‘उहाँ आज बिहान ११ बजेपछि आफैं माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आउनुभयो,’ उनले भने, ‘उहाँ हामीसँग रुनु पनि भयो, निकै तनावमा हुनुहुन्थ्यो ।’

    विमलाले आज दिउँसो पत्रकार सम्मेलन गरेर आफ्ना कुरा सार्वजनिक गर्ने माओवादी संसदीय दलका ती सदस्यले बताए । दुई दिनअघि मात्रै विमलाको हस्ताक्षरमा आफू एमालेमै रहेको व्यहोराको प्रेस विज्ञप्ति सार्वजनिक भएको थियो ।

     तर माओवादी केन्द्रले मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको आरोप लगाएको थियो । माओवादी केन्द्रले तत्काल विमलाको स्थिति सार्वजनिक गर्न, उनको जीवन रक्षा गर्न र घटनाको उच्चस्तरीय छानवीन गर्न सरकारसँग माग गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij