काठमाडौं । नेपालका फोटो जर्नालिष्ट गणेश विष्टले खिचेका सात तस्वीर अन्तर्राष्ट्रिय छनोटमा परेका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस–२०२१ का अवसरमा हेल्प एज इन्टरनेशनलले ज्येष्ठ महिलाको आर्थिक अधिकार र न्यायलाई केन्द्रीय विषय मानेर अन्तरराष्ट्रिय रुपमा तस्वीर आह्वान गरेको थियो ।
मकवानपुर, थाहा नगरपालिका–३ का बासिन्दा विष्टले आफूले पठाएका तस्बिरमध्ये सात छनोटमा परेको जानकारी दिए। विश्वका १० देशले सहभागिता जनाएको सो प्रतिस्पर्धामा नेपालबाट एजिङ नेपालमा आबद्ध विष्टले खिंचेका सात तस्बिर प्रारम्भिक छनोटमा परेका हुन् । ‘ज्येष्ठ महिलाको आर्थिक अधिकार र न्याय अभियानमा मेरो समर्थन छ’ भन्ने जनाउन एउटा हातमाथि उठाएर खिचिएको तस्बिर विष्ट थाहाबाट प्रकाशन हुने ‘विकास खबरपत्रिका’ साप्ताहिक र ‘थाहा टाइम्स’ अनलाइनमा फोटो जर्नालिष्टका रुपमा कार्यरत विष्टले प्रतिस्पर्धाका लागि पठाएका थिए ।
अन्तरराष्ट्रिय छनोटमा परेका तस्बिरमध्ये सबैभन्दा बढी (सात) नेपालकै छन् । त्यसपछि कम्बोडिया, फिलिपिन्स र जोर्डनका पाँचपाँच, भियतनाम, केन्या र इथियोपियाका चारचार, अर्जेन्टिना र किर्गिस्तानका तीनतीन तथा थाइल्याण्डका एक तस्बिर प्रारम्भिक छनोटमा परेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij