वेबटिभी खबर
काठमाडौं । सत्तारुढ गठबन्धननिकट पाँच विद्यार्थी संगठनले आसन्न कुनै पनि परीक्षा नरोक्न आग्रह गरेको छ । परीक्षा स्थगन गरेर मात्र समस्या समाधान नहुने भन्दै विद्यार्थीलाई छिटोभन्दा छिटो कोरोनाविरुद्धको खोप व्यवस्था गर्न माग गरेका छन् ।
उनीहरूले सोमबार स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठसमक्ष भेट गर्दै यस्तो आग्रह गरेका हुन् । स्वास्थ्य मापदण्डको पालना गरेर परीक्षा सुचारु गर्नुपर्ने उनकीहरूको माग छ । विद्यार्थीलाई परीक्षामा सहभागी हुन पनि विद्यार्थी संगठनले आग्रह गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले शनिबार निर्णय गरेर ३१ साउनका लागि तय भएको कक्षा १२ को परीक्षा रोक्ने निर्णय गरेको छ । यस्तै त्रिभुवन विश्वविद्यालयले लिने परीक्षाहरु पनि रोक्नका लागि गृहकार्य भइरहेको छ ।
सत्तारुढ गठबन्धननिकट पाँच विद्यार्थी संगठनले भने सबै विद्यालय र विश्वविद्यालयका परीक्षा आवश्यक स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्न माग गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij