Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

एक किलो चरेससहित भारतीय नागरिक पक्राउ

एक किलो चरेससहित भारतीय नागरिक पक्राउ

  • श्रावण २५, २०७८ सोमवार २२:०२ बजे
  • 640
    SHARES
  • एक किलो चरेससहित भारतीय नागरिक पक्राउ

    जाजरकोट– जिल्ला प्रहरी कार्यालय जाजरकोटले एक किलो चरेशसहित एक नेपाली र एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    भे १ ज ९०७ नम्बरको बोलेरो जीपमा चरेस ल्याइएको जानकारीका आधारमा प्रहरीले खानतलासी गर्दा ३१ वर्षीय भारतीय नागरिक मुस्ताविन अहमद र अर्का बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–११ बस्ने उबेद खानलाई आज भेरी नगरपालिका–४ बाट प्रक्राउ गरिएको हो ।

    भारतीय नागरिक अहमदलाई झोलामा लुकाइ राखेको एक किलो चरेस र उनको साथबाट ४५ हजार ५०० भारतीय रुपैयाँ र स्क्रिन टच मोबाइल एक थान, आधार कार्ड तथा नेपाली नागरिक उबेद खानको साथबाट नेपाली रुपैयाँ पाँच हजार भेटिएको प्रहरीले जनाएको छ । रासस

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij