Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको पदको छिनोफानो आज 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको पदको छिनोफानो आज 

  • श्रावण २७, २०७८ बुधवार ०९:३८ बजे
  • 498
    SHARES
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको पदको छिनोफानो आज 

    काठमाडौं–  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध विपक्षी गठबन्धनका सांसदहरूले दर्ता गरेको अविश्वास प्रस्तावमाथि आज छलफल हुने भएको छ। अविश्वासको प्रस्ताव माथि छलफल गर्न आज दिउँसो लुम्बिनी प्रदेश सभा बैठक बस्दैछ। 
    बुधबार दिउँसो १ बजे प्रदेश सभा बैठक बस्न लागेको हो। गत साउन २१ मा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आज बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरेका थिए।

    मुख्यमन्त्री पोखरेलको सरकार संकटमा परेका बेला प्रदेश सभा बैठक बस्न लागेको छ।  सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका जसपाका तीन सांसदलाई पुनर्वहाली गर्न अन्तरिम आदेश नदिएसँगै मुख्यमन्त्री पोखरेलको सरकार संकटमा परेको थियो।

    यसैबीच मंगलबार बेलुकी भौतिक पूर्वाधार मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन्। उनलाई जसपाले यसअघि नै कारबाही गरेको थियो। 

    तीन सांसदको पद पुनर्वहाली नभएसँगै लुम्बिनी प्रदेश सभा ८० सदस्यीय भएको छ।
    लुम्बिनीमा सत्तारूढ नेकपा एमालेसँग ३८ सांसद छन्। बहुमतका लागि ४१ जना सांसद चाहिन्छन्। विपक्षी गठबन्धनसँग ४२ सांसद छन् तीमध्ये एक जना सभामुख हुन्।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij