काठमाडौं– युरोपियन सुपर कपको उपाधि इंग्लिस क्लब चेल्सीले जितेको छ। स्पेनिस क्लब भिल्ला रियललाई पेनाल्टी सुटआउटमा हराउँदै चेल्सीले सुपरकपको उपाधि जितेको हो।
बुधबार राति सम्पन्न खेलको निर्धारित ९० मिनेटसम्म १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त ३० मिनेट लम्बिएको थियो।
तर थपिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा चेल्सीले ७–६ गोलको जित निकालेको हो।
विन्सडोर पार्कमा सम्पन्न खेलको पहिलो हाफमा चेल्सीले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता बनाए पनि दोस्रो हाफमा स्पेनिस क्लबले कमब्याक गर्दै खेल बराबरी गरेको थियो।
चेल्सीका लागि हाकिमी जियाचले गोल गरेका थिए। तर उनी कुमको इन्ज्युरीका कारण पहिलो हाफमै बाहिरएका थिए। यता खेलको ७३ औं मिनेटमा स्पेनका जेरार्ड मोरेनोले गोल गर्दै खेललाई बराबरी बनाएका थिए।
सुपरकप युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगका विजेताले खेल्ने गर्छन्। गत सिजनमा चेल्सीले च्याम्पियन्स लिग जितेको थियो भने भिल्ला रियललले युरोपा लिग जितेको थियो।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij