Logo

२०८३, आश्विन २१ गते बुधवार

२०८३, आश्विन २१ गते बुधवार

ग्लोबल ट्रेडिसनल तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

ग्लोबल ट्रेडिसनल तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

  • 113
    SHARES
  • ग्लोबल ट्रेडिसनल तेक्वान्दो प्रतियोगिता सुरु हुँदै

    काठमाडौं । जीटीटीएफ नेपालले आयोजना गर्ने प्रथम ग्लोबल ट्रेडिसनल क्योरोगी तथा पुम्से तेक्वान्दो प्रतियोगिता आजदेखि हुने भएको छ । आयोजकका नेपाल प्रतिनिधि तथा तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नवीनकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा क्योरोगीतर्फ २५ र पुम्सेतर्फ १५ गरी ४० स्पर्धामा करिब २५० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

    आयोजकको स्थापना दिवसको अवसरमा आयोजना हुन लागेको दुईदिने प्रतियोगिताका खेल पेप्सीकोलाको यति टोलस्थित कोटेश्वर तेक्वान्दो डोजाङको हलमा सञ्चालन हुनेछन् । प्रतियोगितामा विभिन्न उमेर तथा विधाका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij