Logo

२०८३, आश्विन २१ गते बुधवार

२०८३, आश्विन २१ गते बुधवार

युवा व्यवसायी वैकुण्ठ दाहाल नोजा युवा उद्यमी अनर अवार्डबाट सम्मानित

युवा व्यवसायी वैकुण्ठ दाहाल नोजा युवा उद्यमी अनर अवार्डबाट सम्मानित

  • 59
    SHARES
  • युवा व्यवसायी वैकुण्ठ दाहाल नोजा युवा उद्यमी अनर अवार्डबाट सम्मानित

    काठमाडौं । युवा व्यवसायी वैकुण्ठ दाहाल ‘१२औँ नोजा युवा उद्यमी अनर अवार्ड’ बाट सम्मानित भएका छन् । राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा)ले आईतबार आयोजना गरेको विशेष समारोहमा दाहाललाई उक्त सम्मान प्रदान गरिएको हो ।

    समाज रूपान्तरणका लागि सचेतना अभिवृद्धि गर्दै आम नागरिकको पक्षमा उभिनुका साथै युवा पुस्तालाई नेतृत्व र उद्यमशीलतातर्फ प्रेरित गर्न पुर्‍याएको योगदानको मूल्यांकन गर्दै दाहाललाई सम्मान गरिएको नोजाले जनाएको छ । अर्थतन्त्रको विकास, विस्तार र समृद्धिमा दाहालले पुर्‍याएको योगदानको कदरस्वरूप ‘१२औँ नोजा अनर अवार्ड २०८३’ अन्तर्गत उनलाई युवा उद्यमी सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

    उद्यमशीलता प्रवर्द्धन तथा युवा पुस्तालाई आर्थिक गतिविधिमा सक्रिय बनाउन दाहालले पुर्‍याएको योगदानलाई आगामी दिनमा पनि निरन्तरता दिने अपेक्षा आयोजकले गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij