Logo

२०८३, मंसिर ७ गते आइतवार

२०८३, मंसिर ७ गते आइतवार

प्रतिकूल बर्षाको किसान मारमा, तरकारी खेतीमा पुगेन सरकारको प्रविधि र बाली बीमा

प्रतिकूल बर्षाको किसान मारमा, तरकारी खेतीमा पुगेन सरकारको प्रविधि र बाली बीमा

  • 100
    SHARES
  • प्रतिकूल बर्षाको किसान मारमा, तरकारी खेतीमा पुगेन सरकारको प्रविधि र बाली बीमा

    काठमाडौं । पर्साको ठोरीगाउपालिका किसानहरुलाई बेमौसमी पानीले ठुलो मारमा पारेको छ । समयमा प्राविधिक जानकारीको अभाव र बाली बीमाको पुहच नपुग्दा किसानले लाखौको नोक्सानी उठाउनु परेको हो । ठोरी गाउँपालिका–बुद्धनगरका किसानहरु तराकारी खेतीबाट लाखौ आम्दानी गर्दै आएपनि यसबर्षको पानिले ठुलो घाटा उठाउन बाध्य बनाएको छ ।

    ठोरी बुद्धनगरका किसान हरिप्रसाद घिमिरे एक दशकदेखि तरकारी खेतीबाट बार्षिक लाखौ रुपैया आम्दानी गर्दै आएका थिए । यस वर्ष उनी चार कठ्ठामा काँक्रो, दुई कठ्ठामा काउली, ५ कठ्ठामा मुला,साग र ८ कठ्ठामा टमाटर लगायतका तरकारी लगाएका थिए ।  तर बेमौसमी पानिले काँक्रो खेतमै सुखेको उनले बताए । बिगतका बर्षमा लगानी कटाएर वार्षिक ४ देखि ५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । भारतीय सिमावर्ती किसानहरुसंग कडा मुल्य प्रतिस्पर्धाको बावजुद स्थानीय बजारमा उत्पादित तरकारीको राम्रो खपत हुने गरेको उनी बताउँछन, ‘माँग अनुसार वीरगञ्ज र सीमावर्ती भारतीय बजारसम्म पनि तरकारी पठाउने गरेका छौ ।’

    उच्च शिक्षा हासिल गरेका घिमिरेलाई खेतीपातीमा उनकी पत्नी सुमित्रा कोइराला पनि उत्तिकै साथ सक्रियता रहने गरेको छ । श्रीमानसँगै खेतबारीमा उनी पनि साथ दिदै आएकी छिन । बालीमा क्षति हुँदा लगानी डुब्ने जोखिम बढेको छ । प्रदेश वा स्थानिय सरकारको प्राविधिक सहयोग र बाली बिमाको उचित व्यवस्था नभएकाले पनि ठुलो क्षतिको भरपाई बेहर्नु पर्ने उनको चिन्ता छ । उनले भने, ‘गाउँपालिकामा कृषि प्राविधिक भए पनि हामिले किटनासक छर्ने ट्यांकी र केहि बिउबिजको मात्र सहयोग एक दशकको बीचमा पाएका छौ ।’

    ‘तराकारीखेती सम्बन्धी सुझाव, सल्लाह र रोग नियन्त्रणका लागि खेतमै पुगेर आवश्यक सुझाव अहिलेसम्म पाएका छैनौ’ घिमिरेले भने, ‘खेतीमा लाखौको क्षति हुँदापनि खेतमै आएर निरीक्षण गर्ने र समाधान सुझाउने प्राविधिकको अभाव मात्रै छैन,कुनै सरकारबाट कुनै अनुदान दिने पनि गरिएको छैन ,प्रदेश सरकारले लाखौको बजेट छुट्याए पनि नेता–कार्यकर्तासम्म त्यो बजेट पुग्न सकेको छैन’, उनको गुनासो छ । बुद्धनगरकै ३७ वर्षीय अरुण अधिकारी पनि ८ बर्षदेखि आलुको खेतीबाट मनग्य कमाउने गरेका छन । उनी व्यावसायिक रुपमा २ बिग्गामा आलुको खेती बार्षिक रुपमा गर्दै आएका छन । यसबाहेक उनी काउली, गोलभेडा, लौका र काँक्रो खेतमा उत्पादन गरी व्यवसायीक रुपमै तराकारी खेती गर्ने गरेका छन ।

    गत वर्ष ५० क्विन्टल गोलभेडा बिक्री गरेका अधिकारी यस वर्ष भने ५किलो पनि बेच्न नपाएको दुखेसो सुनाए । बेमौसमी पानीका कारण टमाटर बाली पुरै नष्ट भएको उनी बताउँछन् । खेतको मेहनत र लगानी प्राकृतिक प्रकोपका कारण खेर जाँदा किसानलाई आर्थिक संकट पर्ने गरेको उनको भनाइ छ । ‘यस्तो बेला किसानले करकारी सुझाव र सहयोग पाउनु पर्ने हो ,तिनैमा कुनै पनि सरकारी निकायको अग्रसर्ता देखिएको छैन,’ उनले भने । तरकारी खेतीबाट २ देखि ५लाख सम्म बार्षिकरुमा ठोरी बुद्धनगरका ४३ बर्षिय हरिप्रसाद घिमिरे र ३६ बर्षिय रंजित कुमार आम्दानी गर्ने गरेको बताउछन । एक दशक अगाडी सउदीबाट फर्केका रंजित तरकारी खेती र कुखुरा पालनबाटै राम्रो आमदानी गर्न सकिने अनुभव सुनाउँछन ।

    सबै किसानको समस्या उत्पादन र बजार भन्दा पनि सरकारी निश्क्रियता र कृषि बजेट उचितरुपमा किसानसम्म पुग्न नसकेको गुनासो छ । कृषिलाई उधोगीकरण गर्न प्रणालीलाई व्यवस्थित बनाउनका साथै अनुदान खेतसम्म पुग्न नसकेको धारण छ । स्थानीय बजारमा उत्पादित तरकारीले मांग धान्न नसक्दा दैनिक १० हजार रुपैयाँ भन्दा बढी मूल्यको तरकारी वीरगञ्जबाट ठोरीको बजारमा मात्र आयात हुने गरेको स्थानीय किसान बताउँछन । यसले ठोरीमै तरकारी उत्पादन विस्तारको सम्भावना देखाए पनि किसानले त्यसअनुसार प्रोत्साहन पाउन सकेका छैनन् । ठोरीमा तरकारी खेतीको सम्भावना भएपनि बाली बिमा, प्राविधिक सेवा, गुणस्तरीय बीउ र आवश्यक उपकरण उपलब्ध गराउन सके अहिले खेती गरिरहेका किसानलाई राहत पुग्नुका साथै थप युवाहरुलाई विदेशिनु भन्दा पनि कृषिमा आकर्षित गर्न सकिने स्थानिय बताउँछन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij