वेबटिभी खबर
काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमालेका स्थायी समित सदस्य शंकर पोखरेलले आगामी निर्वाचनले परमादेशबाट लुटिएको जनादेश फिर्ता ल्याउने दाबी गरेका छन् । विपक्षीहरू परमादेशबाट सरकारमा पुगेको भन्दै उनले कटाक्ष गरेका छन् । लोकतान्त्रिक सरकार निर्माणको स्थापित बाटो चुनावको जनादेश नै भएको उनले बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै पोखरेलले यस्तो दाबी गरेका हुन् ।
‘नेपाली राजनीति केपी ओली पक्ष र विपक्षमा विभाजित छ । परमादेशवाट विपक्षीहरू सरकारमा पुगेका छन् । तर आउने चुनावले परमादेशबाट लुटिएको जनादेश अवश्य फिर्ता गराउनेछ । किनकि, लोकतान्त्रिक सरकार निर्माणको स्थापित बाटो चुनावको जनादेश नै हो,’ पोखरेलले लेखेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij