Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

अध्यादेश असंवैधानिक र प्रतिगामी कदम हो, फिर्ता लिनुपर्छः आचार्य

अध्यादेश असंवैधानिक र प्रतिगामी कदम हो, फिर्ता लिनुपर्छः आचार्य

  • भाद्र २, २०७८ बुधवार ०९:४२ बजे
  • 597
    SHARES
  • अध्यादेश असंवैधानिक र प्रतिगामी कदम हो, फिर्ता लिनुपर्छः आचार्य

    काठमाडौं– नेकपा एमालेका सचिव भीम आचार्यले दल विभाजन सम्बन्धि अध्यादेश असंवैधानिक र प्रतिगामी कदम भएको बताएका छन्। उनले 
    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार एडी चोटीको बल लगाएर एमाले विभाजनमा लाग्नु दुर्भाग्य भएको बताएका छन्।

    'प्रतिनिधिसभा बिघटन विरोधी अभियान संसद्, संविधान र लोकतान्त्रीक प्रक्रिया बचाउनका लागि गरिएका थिए। पार्टी बिभाजनको लागि होइन,' उनले सामाजिक सञ्जालमा लेखेका छन्। एमाले विभाजनले लोकतन्त्र, गणतन्त्र र क्रान्तिका उपलब्धिहरूलाई कमजोर पार्ने र  अग्रगमनको यात्रामा गम्भीर धक्का दिने उनले बताएका छन्।

    आचार्यले के लेखेका छन्?

    (१) प्रतिनिधिसभा बिघटन विरोधी अभियान संसद–संविधान र लोकतान्त्रिक प्रक्रिया बचाउन का लागि गरिएका थिए। पार्टी विभाजन गर्नको लागि होइन।

    (२) नेकपा एमालेको विभाजनले लोकतन्त्र, गणतन्त्र,र क्रान्तिका उपलब्धिहरुलाई कमजोर पार्दछ। अग्रगमन को यात्रामा गम्भिर धक्का दिन्छ।

    (३) संसद र संविधान बचाउनका लागि बनेको भनिएको शेरबहादुर देउवा नेतृत्वको सरकार एडी चोटी को बल लगाएर एमाले बिभाजन गर्न लाग्नु र त्यसको लागि बिभाजनकारी अध्यादेश ल्याउने दुष्कर्म मा लाग्नु दुर्भाग्यपूर्ण हो।

    (४) लोकतन्त्र, संविधान र स्थायित्व लाई कमजोर पार्ने सबै खाले प्रतिकृयावादी हरु को उक्साहट र सहयोगमा ल्याइएको अध्यादेश असंवैधानिक र प्रतिगामी कदम हो। यो तुरुन्तै फिर्ता गरीनु पर्दछ।

    (५) पार्टी विभाजन गर्ने गरी गरिएका सबै हस्ताक्षर फिर्ता लिन म सबै नेता तथा सांसदहरुलाई तथा बिभाजन रोक्न भनि गरिएका कारबाही फिर्ता लिन पार्टी नेतृत्व लाई हार्दिक अपिल गर्दछु।

    (६) विभाजन ले सबै न्याय प्रेमी जनता लाई दुखित र प्रतिकृयावादी हरुलाई खुसी पार्दछ। त्यसअर्थ पार्टी बिभाजन गर्न ल्याइएको प्रतिगामी अध्यादेश को बिरोध गर्न र पार्टी एकता को पक्ष्यमा दृढता पुर्वक लाग्न म सम्पुर्ण नेता, कार्यकर्ता र आम जनसमुदायलाई हार्दिक अपिल गर्दछु।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij