Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सिद्धान्त र प्रक्रियाका हिसाबले दुवै अध्यादेशहरू गलत हुन् : चित्रबहादुर केसी  

सिद्धान्त र प्रक्रियाका हिसाबले दुवै अध्यादेशहरू गलत हुन् : चित्रबहादुर केसी  

  • 464
    SHARES
  • सिद्धान्त र प्रक्रियाका हिसाबले दुवै अध्यादेशहरू गलत हुन् : चित्रबहादुर केसी  

    काठमाडौं । सरकारले मंगलबार सिफारिस गरेर बुधबार जारी भएको दलसम्बन्धी अध्यादेश सिद्धान्त र प्रक्रियाका हिसाबले ठिक नभएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबादुर केसीले बताएका छन् । 

    गठबन्धन सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले बिहीबार विज्ञप्ति जारी गर्दै अध्यादेश ल्याउनु गलत भएको पार्टीको धारणा सार्वजनिक गरेका हुन् । 

    ‘सामान्यतः संसदको बैठक नभएको बेला र तत्काल काम चलाउन अध्यादेशमार्फत कानुन निर्माण गरी कामगर्ने संवैधानिक व्यवस्था हो । तर, दुवै सरकारहरूले त्यो विशेष व्यवस्थाको स्पिरिट विपरीत खास दललाई विभाजन गर्न लक्षित गरेर अध्यादेश ल्याएका हुन्,’ अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘त्यस कारण, सिद्धान्त र प्रक्रियाका हिसाबले दुवै अध्यादेशहरू गलत हुन् ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij