वेबटिभी खबर
काठमाडौं । शुक्रबार मोरङ विराटनगर ७ हाटखोला चोकमा ट्राफिक प्रहरी पोस्ट हाटखोलाले सर्वसधारणलाई निःशुल्क रूपमा मास्क वितरण गरेको छ । ‘तपाईंको मास्क खै ?’ अभियानअन्तर्गत ट्राफिक प्रहरी पोस्ट हाटखोलाको समन्वयमा दुई हजार पाँच सय थान मास्क वितरण गरिएको हो । कोभिड-१९ संक्रमणबाट बच्न ‘मास्क लागाऔं, बचौं र बचाऔं’ भन्ने नारालाई आत्मसात गर्दै मास्क वितरण गरिएको ट्राफिक प्रहरी पोस्ट हाटखोलाले जनाएको छ ।
‘विभिन्न सरोकारवाला संस्था र अगुवाहरूसँग समन्वय गरी एलपी ग्यास संघ मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यलय विराटनगर हाटखोला र ट्राफिक प्रहरी पोस्ट हाटखोलाले सबैको उपस्थितिमा सर्वसाधारणलाई सो संख्याको मास्क वितरण गरिएको हो,’ ट्राफिक प्रहरी पोस्ट हाटखोलाले जानकारी दिएको छ ।
कोभिड संक्रमणबाट सुरक्षित राख्न मास्क वितरणका क्रममा सर्वसाधारणलाई भौतिक दूरी कायम राख्न, पटक-पटक साबुन पानीले हात धुन साथै सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउन पनि आग्रह गरिएको ट्राफिक प्रहरी पोस्ट हाटखोलाले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij