वेबटिभी खबर
काठमाडौं । सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेनिकट विद्यार्थी संगठनले शुक्रबार पनि विरोध जारी राखेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय कमिटीको आयोजनामा विद्यार्थीहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।
दल विभाजनलाई प्रोत्साहन गर्न अध्यादेश ल्याइएको भन्दै त्यसको भण्डाफोर गर्न विरोधसभा आयोजना गरिएको विद्यार्थी नेतृ सुनिता बरालले जानकारी दिइन् । टाउकोमा कालो फेटा बाँधेर उनीहरूले अध्यादेशविरुद्ध भण्डाफोरसभा गरेका छन् ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले दलसम्बन्धी अध्यादेशको सिफारिस गरेपछि अनेरास्ववियूले त्यसको विरोध गर्दै आएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij