एजेन्सी– चेल्सीका अमेरिकन खेलाडी क्रिस्टियन पुलुसिचलाई कोरोना संक्रमण पुष्टि भएको छ। पुलिसिचलाई शुक्रबार कोरोना संक्रमण पुष्टी भएको हो।
युरोपियन सुपर कप र इपिएलको पहिलो खेल खेलेका आफ्ना विंगरलाई कोरोनो संक्रमण भएको पुष्टी प्रशिक्षक थोमस टुचेलले गरेका छन्।
पुलिसिच प्रोटोकल पालना गर्दै होम आइसोलेसनमा बसिरहेको टुचेलले बताए । उनले आर्सनविरुद्धको खेल गुमाउने छन्। चेल्सीले इपिएलको सिजनको दोस्रो खेल आइतबार राति ९ः१५ बजे आर्सनलसँग खेल्दै छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij