एजेन्सी – गेटाफेलाई हराउँदै सेभिया स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा सेभियाले गेटाफेमाथि १–० को निकालेको थियो।
जितसँगै सेभियाले समान ६ अंक रहेको एट्लेटिको म्याड्रिडलाई गोल अन्तरमा पछि पारेको छ र शीर्ष स्थानमा उक्लिएको छ। रियल म्याड्रिड, बार्सिलोना, मलोर्का र भ्यालेन्सियालाई ४ अंक जोडेका छन् भने गेटाफेले अंकको खाता खोल्न सकेको छैन ।
कोलिसिउम अलफन्सो पेरेज स्टेडियम गेटाफेमा सेभियाको महत्वपुर्ण जितमा इरिक लमेलाले इन्ज्युरी समयमा गरेको गोल नै निर्णाक बन्यो। यसै समरमा इंग्लिस क्लब टोटेनहम हटस्परबाट सेभिया आएका उनले ला लिगाको सुरुवाती दुई खेलमा लगातार गोल गर्दै आफ्नो गोलसंख्या ३ पुर्याएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij