वेबटिभी खबर
काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले नवगठित नेकपा (एकीकृत समाजवादी)ले जनआन्दोलन र जनभावनाको प्रतिनिधित्व गर्न नसक्ने दाबी गरेका छन् । अध्यादेशको पार्टी भन्दै उनले यसलाई नयाँ जनादेशबाट प्रतिस्थापन गरिने टिप्पणी गरेका छन्।
‘परमादेशको सरकार र अध्यादेशको पार्टीले जनआन्दोलन र जनभावनाको प्रतिनिधित्व गर्न सक्तैनन्,’ पोखरेलले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘नयाँ जनादेशबाट त्यसको प्रतिस्थापन गरिनेछ।’ बुधबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाण पत्र पाएको एकीकृत समाजवादी पार्टीप्रति उनले आलोचना गरेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij