Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

अब ट्राफिकको चिटमै क्यूआरकोड, मोबाइलबाट जरिवाना भुक्तानी गर्न सकिने

अब ट्राफिकको चिटमै क्यूआरकोड, मोबाइलबाट जरिवाना भुक्तानी गर्न सकिने

  • 784
    SHARES
  • अब ट्राफिकको चिटमै क्यूआरकोड, मोबाइलबाट जरिवाना भुक्तानी गर्न सकिने

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्यूआर पे मार्फत् ट्राफिक जरिवाना भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ । बिहीबार काठमाडौंमा आयोजित क्यूआर पेमेन्ट कार्यक्रमको शुभारम्भ गर्दै महाशाखाले अब ट्राफिक जरिवाना क्यूआर पे मार्फत् तिर्न सक्ने व्यवस्थाको सुरुवात गरेको हो ।

    महाशाखाले शुक्रबार (भोलि) देखि लागू हुन गरी कारबाहीमा परेका सवारी साधनका चालकहरूले ट्राफिक प्रहरीको चिटमा छापिएका क्यूआर कोडमार्फत् रकम भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए ।

    आफूसँग सुविधा भए चिटको क्यूआर कोडलाई स्क्यान गरेर कारबाहीको रकम भुक्तानी गर्न सकिने हुँदा कारबाही गर्दा कागजात नै लिनु नपर्ने प्रविधि विकास गर्न लागिएको उनले जानकारी दिए । ‘हिजोको दिनमा हामीले बैंकमा गएर, लाइन बसेर, जरिवाना तिर्नुपर्ने अवस्था थियो भने त्यसको केही हदसम्म अनलाइन भुक्तानीबाट समाधान गरियो, अहिले पनि करिब ४० प्रतिशत भुक्तानी अनलाइनबाट भइरहेको छ,’ एसएसपी भट्टराईले भने, ‘सडक प्रयोगकर्ताहरू यसमा अभ्यस्त भएपछि ४० बाट बढ्दै जान्छ, एकदिन यस्तो पनि आउनेछ, सबै जरिवाना  तिर्ने काम अनलाइनबाटै हुनेछ, त्यस्तै क्यूआर कोड अनलाइनभन्दा सजिलो हुने रहेछ ।’

    प्रमुख भट्टराईले क्यूआर कोडमार्फत् आफैं भूक्तानी गर्न मिल्ने व्यवस्था केही दिनका लागि ग्लोवल आईएमई बैंकको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने र निकट भविष्यमै अन्य ५० भन्दा धेरै बैंक तथा प्रविधिमैत्री बन्दै गएपछि देशभरमा रहेका सबै बैंकबाट कारबाहीको रकम भुक्तानी गर्न सकिने बताए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij