काठमाडौं– काठमाडौं उपत्यका राति देखि भइरहेको भीषण बर्षाका कारण आएको बाढीमा तीन सय ८२ घर डुबानमा परेका छन् ।
वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो ।
बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij