Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

संखुवासभा अपडेट : घटनास्थल पुग्यो प्रहरी टोली, अनुसन्धान सुरु

संखुवासभा अपडेट : घटनास्थल पुग्यो प्रहरी टोली, अनुसन्धान सुरु

  • 836
    SHARES
  • संखुवासभा अपडेट : घटनास्थल पुग्यो प्रहरी टोली, अनुसन्धान सुरु

    काठमाडौं । संखुवासभाको मादी नगरपालिका-१ उम्लिङमा हत्या गरिएका एकै परिवारका ६ जनामा ८४ वर्षीया वृद्धादेखि ७ वर्षीया नातिनीसम्म छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार सोमबार बिहान १० बजे उनीहरू मृत फेला परेका हुन् । 

    एकाघरका उनीहरूको विभत्स ढंगले हत्या गरिएको चैनपुर इलाका प्रहरी कार्यालय सञ्चार शाखाले जानकारी दिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविनराज राईका अनुसार मृत भेटिएकाहरूमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षिय दिपेन कार्की र ७ वर्षीया गोमा कार्की छन् ।

    इलाका प्रहरी कार्यालय चैनपुरबाट ५५ किलोमिटर पूर्व रहेको सो घटनास्थलमा प्रहरी टोली पुगरे अनुसन्धान सुरू गरेको शाखाले जनाएको छ ।

    संखुवासभामा एकै परिवारका ६ जनाको हत्या संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij