Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

रुसमा बाबुको हत्या गरेका दिदीबहिनीले सफाइ पाउने आशा

रुसमा बाबुको हत्या गरेका दिदीबहिनीले सफाइ पाउने आशा

  • 417
    SHARES
  • रुसमा बाबुको हत्या गरेका दिदीबहिनीले सफाइ पाउने आशा

    मस्को । रुसमा चार वर्षअघि बाबुको हत्या अभियोगमा मुद्दा खेपिरहेका तीन दिदीबहिनीले सफाइ पाउन सक्ने कानूनविदहरुले आशा गरेका छन् । हत्या गरिएका पिता बाल यौन दुराचारी भएको प्रमाण भेटिएसँगै उनीहरुले सफाइ पाउने सम्भावना बढेको छ । 

    ५७ वर्षीय मिखाइल खचतुरयानलाई सन् २०१८ मा उनका छोरीहरुले चक्कु प्रहार गरी हत्या गरेका थिए । १९ वर्षीय क्रेष्टिना, १८ वर्षकी एन्जेलिना र १७ वर्षीय म्यारि खचतुरयानले आफ्ना निरंकुश बाबुको हत्या गरेको स्वीकारेका थिए ।

    बारम्बार यौन दुर्व्यवहारको शिकार भएपछि उनीहरुले मिलेर बाबुको हत्या गरेका थिए । अभियोगीमध्येकी कान्छी छोरी म्यारि सो हत्याकाण्डपछि मानसिक समस्याबाट पीडित छन् । आफूहरुले भोगेको पीडा र बाबुको हिंसा रोक्न त्यतिबेला उनीहरुका कोही आफन्त थिएनन् ।

    अदालतले बाबुलाई बाल यौन दुराचारी पुष्टि गरेसँगै उनीहरुमाथि लागेको हत्या अभियोग पनि खारेज हुनु पर्ने किशोरीका तर्फबाट वकालत गरेका वकिलहरुले माग गरेका छन् । 

    मिखाइलले छोरीहरुलाई बनाएर बारम्बार यौन दुर्व्यवहार गरेको र कर्तुतबारे कसैलाई भने हत्या गरिदिने धम्की दिने गरेको अनुसन्धानले देखाएको छ । ‘बाबुले छोरीहरुमाथि हिंसा गरेको अनुसन्धानले पुष्टि गरेको म्यारिका वकिलले बताए । 

    तीनै जना युवतीहरु सन् २०१४ देखि दुर्व्यवहार र पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डरबाट पीडित भएको अनुसन्धानपछि विज्ञहरुले बताएका छन् ।

    दुराचारी बाबुले छोरीहरुलाई बारम्बार कुट्ने, गिजाउने, धम्की दिने र शारीरिक तथा यौन दुर्व्यवहार गरेको पनि अनुसन्धानका क्रममा खुलेको छ । उनीहरुका बाबु बाल दुराचारी भएको पोस्टमार्टमको रिपोर्टमा पनि देखिएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij