एजेन्सी – क्रिस्टियानो रोनाल्डोले डेब्यु खेलमै दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले न्युकासल युनाइटेडलाई ४–१ गोलले पराजित गरेको छ ।
शनिवार घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलमा रोनाल्डोले दुवै हाफमा अग्रता दिलाउने गोल गरेका थिए। रोनाल्डोले पहिलो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए ।
दोस्रो हाफको ५६ औं मिनेटमा पाहुना टोलीले खेल बराबरीमा ल्यायो । काउन्टर अट्याकमा मान्किलोले सुन्दर फिनिस गर्न सफल भए। रोनाल्डोले त्यसको ६ मिनेटपछि नै व्यक्तिगत दोस्रो गोल गरे । लुक शको पासलाई रोनाल्डोले पेनाल्टी क्षेत्रभित्र लग्दै गरेको प्रहार गोलरक्षक वुडमनको खुट्टा मुनिबाट गोल भएको थियो ।
८० औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै म्यानचेस्टर युनाइटेडको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको दोस्रो मिनेटमा लिंगार्डले सुन्दर गोल गरे । उनले पोग्बाको पासलाई पेनाल्टी क्षेत्र भित्रबाट गोलमा परिणत गरे ।
यस जितसँगै म्यानचेस्टर युनाइटेड ४ खेलमा १० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । न्युकासल भने ४ खेलमा जम्मा १ अंकसाथ पुछारबाट दोस्रो स्थानमा छ ।
त्यसअघि प्रिमियर लिगको शीर्षस्थानमा रहेको टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा हार बेहोरेको थियो । दोस्रो हाफमा १० खेलाडीमा सिमित भएको टोटेनहम घरेलु टोली क्रिस्टल प्यालेससँग ३–० ले स्तब्ध बनेको थियो।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij