वेबटिभी खबर
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई अधिवक्ता तथा ‘नेपालका लागि नेपाली अभियान’का अभियान्ता डा. सुरेन्द्र भण्डारीले पृथ्वीनारायण शाहको तस्बिर उपहार दिएका छन् ।
काठमाडौंमा सोमबार अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्धको विरोध सभामा उनले शाहको तस्बिर विप्लवलाई उपहार दिएका हुन् ।
भण्डारीले नेपालको निर्माता पृथ्वीनारायण शाह भएको भन्दै शाहको तस्बिर उपहार दिएका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij