Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बराबरीमा रोकियो एट्लेटिको मड्रिड, तरपनि उक्लियो शीर्ष स्थानमा 

बराबरीमा रोकियो एट्लेटिको मड्रिड, तरपनि उक्लियो शीर्ष स्थानमा 

  • आश्विन ३, २०७८ आइतवार ०९:१९ बजे
  • 589
    SHARES
  • बराबरीमा रोकियो एट्लेटिको मड्रिड, तरपनि उक्लियो शीर्ष स्थानमा 

    काठमाडौं– घरेलु मैदानमा एट्लेटिको मड्रिड एथलेटिको बिल्वाओसँग बराबरीमा रोकिएको छ। बराबरीमा रोकिएपनि साविकको विजेता एट्लेटिकको ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।

    एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रो पोलिटानोमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही सुवर्ण अवसर खेर फालेका थिए ।

    ७८औं मिनेटमा घरेलु टोली एट्लेटिको १० खेलाडीमा समेटिन पुग्यो । जोआओ फेलिक्स दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लेटिको दवावमा परेको थियो । 

    बिल्वाओसँग गोलरहित बराबरीमा रोकिएपनि एट्लेटिकोले एक खेल कम खेलेको रियल म्याड्रिड र भ्यालेन्सियालाई १ अंकले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो ।

    अपराजित रहेको एट्लेटिकोको ३ जित र २ बराबरीका साथ ११ अंक पुगेको छ । एक खेल कम खेलेका अपराजित रहेको रियल म्याड्रिड र भ्यालेन्सियाको समान १० अंक छ ।

    एट्लेटिकोसँग बराबरीमा रोकिएपछि बिल्वाओले भने शीर्षस्थानमा उक्लने अवसर गुमाउँदा ९ अंकसहित चौथो स्थानमा रहेको छ । समान ९ अंक नै रहेपनि बिल्वाओले एक खेल कम खेलेको रियल सोसिडाडलाई पछि पारेको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij