Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

प्रदेश २ का मुख्यमन्त्री भन्छन्- अनियमितता हुनुमा कर्मचारीको मुख्य हात

प्रदेश २ का मुख्यमन्त्री भन्छन्- अनियमितता हुनुमा कर्मचारीको मुख्य हात

  • 963
    SHARES
  • प्रदेश २ का मुख्यमन्त्री भन्छन्- अनियमितता हुनुमा कर्मचारीको मुख्य हात

    काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सरकारी क्षेत्रमा अनियमितता हुनुमा कर्मचारीहरूको मुख्य हात रहने दाबी गरेका छन् । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत सोमबार महोत्तरीको बर्दिवासमा आयोजित ‘स्थानीय तहको संस्थागत स्वमूल्यांकनसम्बन्धी समीक्षा एवम् अनुशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् ।

    कर्मचारीतन्त्रको सहयोगबिना अनियमितता हुन नसक्ने भन्दै उनले सुशासन कायम गराउने दायित्व कर्मचारीकै काँधमा रहेको बताएका छन् ।जनप्रतिनिधि निश्चित अवधि मात्र कार्यजिम्मेवारीमा रहने तर कर्मचारी सेवानिवृत्त नभएसम्म जनसेवामै रहने भएकाले कर्मचारीले नचाहेसम्म अनियमितता हुनै नसक्ने उनले दाबी गरे ।

    प्रदेश २ मा भ्रष्टाचार अन्त्यको लागि जनलोकपाल आयोग गठन भइसकेको जानकारी गराउँदै मुख्यमन्त्री राउतले अनियमितता गर्ने जो कोहीलाई पनि कारबाही हुने उल्लेख गरे । सुशासन कायम गर्ने पहिलो खुड्किलो स्वमूल्यांकन रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले यसलाई प्राथमिकतामा राख्न स्थानीय तहका प्रशासकीय अधिकृतहरुलाई निर्देशन दिए । ‘हामी आफ्नो मूल्यांकनसमेत आफैंले गर्न सकिरहेका छैनौं । अनि सुशासन कसरी सम्भव हुन्छ ?,’ राउतले भने ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij