Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

मेस्सीले छाडेपछि खराब लयमा बार्सिलोना, फेरि बराबरीमा रोकियो

मेस्सीले छाडेपछि खराब लयमा बार्सिलोना, फेरि बराबरीमा रोकियो

  • आश्विन ८, २०७८ शुक्रवार ०८:४६ बजे
  • 470
    SHARES
  • मेस्सीले छाडेपछि खराब लयमा बार्सिलोना, फेरि बराबरीमा रोकियो

    काठमाडौं ।  स्पेनिस ला लिगामा बार्सिलोना पुनः बराबरीमा रोकिएको छ । बिहिवार रातिको खेलमा १० खेलाडीमा सीमित  बार्सिलोना क्याडिजसङ गोल रहित बराबरीमा रोकिएको हो । 

    स्टार खेलाडी लियोनल मेस्सीले क्लब छाडेयता क्लब खराब लयमा छ । भ्रमणकारी टोली अन्तिम समयमा १० खेलाडीमा सीमित भएको थियो । खेलमा केही अवसर पाए पनि बार्सिलोना फिनिसिङ्गमै चुक्न पुगेको थियो  । 

    यस सिजन बार्सिलोनाको तेस्रो बराबर हो ।  बराबरीपछि अपराजित रहेको बार्सिलोनाले शीर्ष चारमा उक्लने मौका गुमाएको छ । बार्सिलोना ५ खेलबाट ९ अंक जोडेर सातौँ स्थानमा छ । क्याडिज ६ अंकसहित १४औँ स्थानमा छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij