Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

  • चैत्र ५, २०७७ बिहिवार ०७:०९ बजे
  • 784
    SHARES
  • चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

    काठमाडौं ।  इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।

    बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई २-० ले पराजित गर्दै चेल्सीले अन्तिम आठमा स्थान बनाएको हो ।

    चेल्सी समग्रमा ३-० को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा चेल्सीले एट्लेटिकोलाई १-० ले हराएको थियो ।

    घरेलु मैदानमा भएको दोस्रो लेगमा चेल्सीलाई जित दिलाउन हाकिम जिएच र इमर्सनले एक एक गोल गरे ।

    यससँगै चेल्सी सात वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । यसअघि  चेल्सी सन् २०१३ -१४ मा क्वाटरफाइनलमा पुगेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij