Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

महाकाली र कर्णाली नदीमा पानीको सतह खतराको तह माथि 

महाकाली र कर्णाली नदीमा पानीको सतह खतराको तह माथि 

  • कार्तिक २, २०७८ मंगलवार १०:२३ बजे
  • 488
    SHARES
  • महाकाली र कर्णाली नदीमा पानीको सतह खतराको तह माथि 

    धनगढी । महाकाली र कर्णाली नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । आइतबारदेखिको लगातारको वर्षापछि आएको बाढीले दुवै नदीमा पानीको सतह खतराको तह माथि पुगेको हो। 

    कैलालीको उत्तरी क्षेत्रमा कर्णाली नदी र डडेल्धुरामा महाकाली नदीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    बिहान ६ बजे महाकाली नदीमा पानीको बहाव चार लाख ३७ हजार ६ सय १३ क्यूसेक पानीको सतह पुगेको जनाइएको छ ।  यता कर्णाली नदीमा पानीको सतह ८ नाघेको छ । पानीको सतह ७ मिटर पुगे खतराको तह पुगेको जनाउँदछ ।

    महाकाली र कर्णाली नदी अन्तर्गत पर्ने बैतडी, डडेल्धुरा, डोटीका विभिन्न ठाउँमा पनि बाढीले खतराको तह पार गर्ने सम्भावना रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij