मनाङ । नासों गाउँपालिका-३ मा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
शनिबार राति खोत्रोमा भएको दुर्घटनास्थलमै तीनजनाको मृत्यु भएको छ भने उपचारका लागि लमजुङ लैजाने क्रममा थप दुईजनाको र उपचारको क्रममा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मनाङका डीएसपी सुवास खड्काका अनुसार दुर्घटनामा परेर मनाङको नासों गाउँपालिका-४, ओडार गाउँका एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।
अन्दाजी डेढ वर्षका लियोन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र अन्दाजी ३१ वर्षीया जलकाशी गुरुङको घटनास्थलमै मृत्यु भएको हो । मृतक लियोन मनिषाको छोरा हुन् । मनिषा र जलकाशी दिदी, बहिनी हुन् ।
त्यसैगरी सो दुर्घटनामा घाइते भएका ट्रकका सहचालक लमजुङको मर्स्याङ्दी गाउँपालिका ५, घेर्मु खोरियाखेतका २१ वर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका ४ का २८ वर्षीय राजु विकलाई उपचारका लागि लैजाने क्रममा बाटोमानै मृत्यु भएको हो ।
उपचारकालागि चितवन लगिएका अन्दाजी ४ वर्षीय थियोन गुरुडको उपचारकै क्रममा मृत्यु भएको छ ।
गम्भीर घाइते ट्रकका चालक तनहुँको भानु नगरपालिका-३ का २४ वर्षीय सुमन तामाङ, नासों गाउँपालिका-४ का अन्दाजी ६ वर्षीय नियोल गुरुङलाई जिल्ला अस्पताल लमजुङमा प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज चितवनमा रिफर गरिएको जनाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij