Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

युभेन्ट्स पराजित, रोमा र इन्टर विजयी

युभेन्ट्स पराजित, रोमा र इन्टर विजयी

  • कार्तिक ११, २०७८ बिहिवार ०८:५३ बजे
  • 459
    SHARES
  • युभेन्ट्स पराजित, रोमा र इन्टर विजयी

    काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पराजित हुँदा रोमा र इन्टर मिलान  भने विजयी भएका छन् ।  बुधबार राति भएको खेलमा युभेन्ट्स सासोउलोसँग पराजित हुँदा रोमाले कागलियरीलाई पराजित गर्‍यो भने इन्टर मिलनले १० खेलाडीमा सीमित इम्पोलीलाई पराजित गरेको हो । 

    घरेलु मैदान टुरिनमा युभेन्ट्स सासोउलोसँग २–१ गोल अन्तरले पराजित भएको हो । खेलको ४४औँ मिनेटमा डाभिड फ्राटेस्सीले गोल गर्दै सासोउलोलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७६औँ मिनेटमा वेस्टन म्याकेन्नीले गोल गर्दै युभेन्ट्सलाई १– १ गोलको बराबरीमा फर्काए ।

    त्यसपछि खेलको इन्जुरी समयमा म्याक्सिम लोपेजले गोल गर्दै सासोउलोलाई २–१ को जित दिलाए । जितसँगै सासोउलोले १० खेलमा १४ अंक जोडेको छ । सासोउलो नवौं स्थानमा छ । पराजित युभेन्ट्सले १० खेलमा १५ अंक जोड्दै सातौ स्थानमा  छ ।

    इन्टरले भने डानिलो र फेडेरिको मिमार्कोको गोलमा इम्पोलीलाई २–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै इन्टर १० खेलबाट २१ अंक सहित तेस्रो स्थानमा छ । 

    रोमाले एक गोलले पछि परको स्थिति उल्टाउँदै रोगर इबानेज र रोलेन्जो पेलग्रिनीको गोलमा कागलियरीलाई २–१ गोल अन्तरले पराजित गर्‍यो । घरेलु टोली कागलियरीको लागि लिओनार्दो पाभालिटोले खेलको ५२ मिनेटमा अग्रता दिलाएका थिए । जितसँगै रोमा १९ अंकका साथ चौथो स्थानमा छ । 

    बुधबार राति नै भएका अन्य खेलमा लाजियोले फिओरेन्टिनालाई १–० गोल अन्तरले हरायो । एटलान्टाले सम्पाडोरियालाई ३–१ गोल अन्तर तथा उडिनेस र हेलास भेरोनाले १–१ को बराबरी खेले ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij