वेबटिभी खबर
नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानतको लागि मुम्बई उच्च अदालतमा लगातार तेस्रो दिन बिहीबार पनि सुनुवाई हुँदैछ । लागुऔषध मुद्धामा ३ अक्टोबरमा पक्राउ परेका आर्यनलाई मुम्बईको आर्थर जेलमा थुनिएको छ ।
आर्यनको जमानत तल्लो अदालतले अस्विकार गरेपछि उनका वलिकले उच्च अदालतमा निवेदन दिएका थिए । क्रूज ड्रग्स केसमा आरोपी आर्यन खानको सुनवाई मंगलबार र बुधबार सुनवाइ भए पनि कुनै फैसला हुन सकेन । नारकोटिक्स कन्ट्रोल ब्यूरोले मुम्बईबाट गोवा गइरहेको क्रुज ड्रग्स पार्टीमा संलग्न रहेको आरोप आर्यनसहित ७ जनालाई पक्राउ गरेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij