Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

चम्किए डिबाला, युभेन्टस नकआउटमा 

चम्किए डिबाला, युभेन्टस नकआउटमा 

  • कार्तिक १७, २०७८ बुधवार ०७:५१ बजे
  • 838
    SHARES
  • चम्किए डिबाला, युभेन्टस नकआउटमा 

    काठमाडौं । पाउलो डिबालाले दुई गोलसँगै एक असिस्ट दिएपछि इटालियन क्लब युभेन्ट्सले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई पराजित गर्दै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरेको छ ।

    घरेलु मैदानमा जेनिथमाथि ४–२ को जित निकाल्दै समूह ‘एच’ मा अपराजित रहँदै तथा दुई खेल बाँकी छदै युभेन्ट्सले प्रि–क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । घरेलु टोलीको जितमा डिबालाले दुई गोल गर्दा फेडरिको चिइसा र अल्भारो मोराटाले समान एक गोल गरे । जेनिथका सरदार एजमोउनले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

    मंगलबार राति भएको खेलमा पाउलो डिबालाको गोलबाट युभेन्ट्सले खेलको ११औं मिनेटमा अग्रता लिएको थियो । २६औं मिनेटमा लियोनार्दो बोनुचीले आत्मघाती गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा पुगेको थियो । ५८औं मिनेटमा डिबालाले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई खेलमा २–१ को अग्रता दिलाए ।

    ७३औं मिनेटमा फेडरिको चिइसाले फेडरिको बर्नरडेस्चीको पासमा गोल गर्दै युभेन्ट्सलाई जिततर्फ अघि बढाए । ८२औं मिनेटमा अल्भारो मोराटाले डिबालाको पासमा गोल गर्दै युभेन्ट्सलाई ४–१ ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सरदारले गोल गर्दै खेललाई ४–२ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्ट्स विजयी हुन सफल भयो ।

    जितपछि अपराजित रहेको युभेन्ट्सको ४ खेलबाट १२ अंक पुगेको छ । पराजित जेनिथ ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । चेल्सीको ९ तथा माल्मोले अंकको खाता खोल्न सकेको छैन ।

    यही समूहको अर्को खेलमा चेल्सीले माल्मोलाई १–० ले पराजित गरेको छ । चेल्सीका लागि हाकिमी जियाचले ५६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij