Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

डडेल्धुराका पहिरोपीडितको तिहार खल्लो

डडेल्धुराका पहिरोपीडितको तिहार खल्लो

  • 446
    SHARES
  • डडेल्धुराका पहिरोपीडितको तिहार खल्लो

    डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका-३ सकायलस्थित गुएलीखेत गाउँका स्थानीयको तिहार खल्लो बनेको छ । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाले गरेको क्षतिका कारण उनीहरूको तिहार खल्लो बनेको हो ।

    तिहारको माहौल छ । तर, गुएलीखेत गाउँका नागरिकलाई भने तिहारले छोएको छैन । अविरल वर्षाले यहाँको २०/२५ परिवारको खेतीयोग्य जमिन बगरमा परिणत भएपछि गाउँ नै चिन्तित छ ।

    तिहार लागे पनि आफूहरूलाई तिहारको रौनकले नछोएको स्थानीय सावित्री अवस्थी बताउँछिन् । खेती योग्य जमिन बगरमा परिणत भएपछि साँझ बिहानको छाक कसरी टार्ने भन्दै पिरोल्न थालेको उनको दुखेसो छ ।

    ‘न खेत रह्यो न त घर नै । प्रधानमन्त्री शेरबहादुर देउवादेखि गृहमन्त्री बालकृष्ण खाँडसम्म आइपुग्दा हामीहरूले राहत समेत पाएनौं,’ स्थानीय जमुना देउवा भनिन् । राहतको आशा आफूलाई नभएको र आफ्नो बगरमा परिणत भएको खेतको बालुवा स्काभेटर लगाएर खेती योग्य जमिनमा परिणत गरिदिन उनको माग छ ।  

    २०/२५ परिवारको ३५ रोपनी जमिन बगरमा परिणत बनाएको स्थानीय विश्वनाथ अवस्थीको भनाइ छ। ‘बुधबार गृहमन्त्री खाँण आए पनि क्षतिको अनुगमन गरेनन् । अब राहतको के आशा राख्नु । टाठाबाठा बाहेक वास्तविक पीडित मन्त्रीको न कुरा सुने न त  अनुहार नै देखे,’ उनले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij