वेबटिभी खबर
जाजरकोट । जाजरकोटमा मिनी ट्रक दर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा ठेगाना नखुलेका दिलबहादुर शाही र नाम नखुलेका अर्का एक जनाको ज्यान गएको छ । १० जना सवार रहेकोमा एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
चालकसहित अन्य ६ जना घाइते भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij