काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले पहिलो हाफमै ३ गोलको अग्रता लियो । गत साता प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेपछि लयमा फर्कन प्रयासरत टोलीले खेलको पाँचौ मिनेटमा नै अग्रता लिएको थियो ।
अन्सु फातीले जोर्डी अल्बाको पासमा गोल गरेका थिए । १८ औं मिनेटमा सर्जियो बुस्केट्सले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गोल गर्दै अग्रता दोब्बर पारे ।
३४ औं मिनेटमा अल्बाकै क्रसमा मेम्फिस डिपाएले गोल गरेपछि बार्सिलोना जिततर्फ उन्मुख देखिएको थियो । दोस्रो हाफमा ३ गोल व्यहोर्दै बराबरीमा चित्त बुझाउन बाध्य भएको थियो ।
तर दोस्रो हाफमा घरेलु टोलीले सानदार पुनरागमन गर्यो । चोटका कारण फाती दोस्रो हाफमा मैदान उत्रेनन् । बार्सिलोना केहि रक्षात्मक भएको फाइदा उठाउँदै इयागो आसपासले ५२ औं मिनेटमा पहिलो गोल गरे ।
७४ औं मिनेटमा डिएगो नोलिटोले सर्भिको पासमा हेडरमार्फत गोल गरे । इन्ज्युरी समयको छैटौं मिनेटमा आसपासले पहिलो टचमा सुन्दर गोल गर्दै खेल बराबर गरेका थिए । बराबरीपछि बार्सिलोना १७ अंकसहित नवौँ स्थानमा छ । सेल्टाभिगो १५औँ स्थानमा छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij