Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

तिलिचो ताल घुम्न गएका युवकको लेक लागेर मृत्यु

तिलिचो ताल घुम्न गएका युवकको लेक लागेर मृत्यु

  • कार्तिक २९, २०७८ सोमवार ०९:२४ बजे
  • 390
    SHARES
  • तिलिचो ताल घुम्न गएका युवकको लेक लागेर मृत्यु

    लमजुङ । हिमाली जिल्ला मनाङको तिलिचो ताल घुम्न गएका एक युवाको लेक लागेर मृत्यु भएको छ । रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बस्ने २३ वर्षीय प्रवीण थापाको  लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार तिलिचो ताल भ्रमणका लागि थापाको टोली २१ कात्तिकमा काठमाडौंबाट हिँडेको थियो ।

    लेक लागेर बिरामी भएपछि तिलिचो बेसक्याम्पबाट साथीहरूले उनलाई फर्काएका थिए ।  तिलिचो ताल (४,९१९ मिटर) भ्रमणका लागि आएका थापालाई लेक लागेपछि माथिल्लो मनाङबाट एभरेष्ट एयरको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

    मनाङका डीएसपी सुवास खड्काका अनुसार हेलिकोप्टरबाट उद्धार गरी शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा उपचारको क्रममा थापाको मृत्यु भएको हो । 
     

  • सम्बन्धित विषय:

  • # मृत्यु
  • # तिलिचो ताल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij