वेबटिभी खबर
काठमाडौं । कोरोनाभाइरस संक्रमित भएपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा शुक्रबार डिस्चार्ज भएका छन् ।
कोरोनाभाइरस संक्रमित भएपछि १३ मंसिरमा अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा शुक्रबार डिस्चार्ज भएको उपचाररत अस्पताल नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ ।
१३ मंसिरदेखि यस अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचाररत रहेका प्रधानन्यायाधीश जबरा १७ मंसिर बिहान साढे ९ बजे स्वास्थ्य लाभ गरी डिस्चार्ज भएको अस्पातलले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij