Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सहज जितसँगै युभेन्ट्स पाँचौ स्थानमा उक्लियो

सहज जितसँगै युभेन्ट्स पाँचौ स्थानमा उक्लियो

  • पौष ७, २०७८ बुधवार ०९:०० बजे
  • 566
    SHARES
  • सहज जितसँगै युभेन्ट्स पाँचौ स्थानमा उक्लियो

    काठमाडौं । फेडेरिको बर्नार्डेचीले ६० खेलपछि गोल गर्दा युभेन्ट्सले इटालीयन सिरी ए मा रेलिगेशन जोनको कागलीयरीलाई पराजित गर्दै पाँचौ स्थानमा उक्लिएको छ ।

    सिजनको सुरुआतमा खराब प्रदर्शन गरेको युभेन्ट्सले पाँचौ स्थानमा उक्लन मंगलबार कागलीयरीलाई २–० अन्तरले पराजित गरेको हो । खेलको ४० मिनेटमा मोइस केयनले गोल गर्दै एलिएन्ज मैदानमा युभेन्ट्सलाई अग्रता दिलाए । खेल सकिँन ७ मिनेट अघि फेडेरिकोले गोल गर्दै घरेलु टोलीलाई सहज जित दिलाए ।

    फेडेरिकोले ५१३ दिन अघि गोल गरेका थिए । त्यस यता उनी गोलविहीन रहँदै आएका थिए । जितसँगै युभेन्ट्स १९ खेलबाट ३४ अंक जोड्दै पाँचौस्थानमा उक्लियो । पराजित कागरियरी भने समान खेलबाट १० अंक सहित रेलिगेशन जोनको १९औँ स्थानमा छ ।

    गय राति नै भएको खेलमा जिनोआ र एटलान्टाले गोलरहीत बराबरी खेले ।

  • सम्बन्धित विषय:

  • # युभेन्ट्स

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij