Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

न्युयोर्कको एक अर्पाटमेन्टमा आगलागीः ९ बालबालिकासहित १९ जनाको मृत्यु

न्युयोर्कको एक अर्पाटमेन्टमा आगलागीः ९ बालबालिकासहित १९ जनाको मृत्यु

  • 461
    SHARES
  • न्युयोर्कको एक अर्पाटमेन्टमा आगलागीः ९ बालबालिकासहित १९ जनाको मृत्यु

    एजेन्सी, न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित एउटा अपार्टमेन्टमा आगो लाग्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ बालबालिका छन् ।

    आगलागीमा दर्जनौं घाइते भएका छन् । आइतबारको आगलागीलाई अमेरिकी आगलागीको इतिहासमै खराब मानिएको छ । १९ तले सो भवनको दोस्रो तलाबाट आगो लागेको हो ।

    ‘आगलागीमा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ । आगलागीका घाइतेरुको अवस्था गम्भीर छ,’ न्युयोर्कका मेयर इरिक एडम्सले भने । आगलागीमा कम्तिमा ६३ जना घाइते भएका छन् ।

    आगलागीपछि २०० जना अग्नि नियन्त्रकहरु आगो निभाउन खटिएका थिए । आगो लागेपछि भवनभित्र फसेका मानिसहरु चित्कारले नजिकको वातावरण भयभित भएको थियो । 

    आगलागीको कारण खुलेको छैन । सर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले आगलागीबारे अनुसन्धान गरिरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij