Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

किन दुख्छ ढाड ?

किन दुख्छ ढाड ?

  • चैत्र २३, २०७७ सोमवार ११:२८ बजे
  • 1.4K
    SHARES
  • किन दुख्छ ढाड ?

    विशेषतः शरीरको तल्लो भाग दुख्ने आम समस्या हो । लगभग ८० प्रतिशत मानिसले आफ्नो जीवनकालमा कम्तीमा एकपटक ढाडको तल्लो भाग दुख्ने समस्यालाई अनुभव गरेका हुन्छन् ।

    ढाडको समस्या विशेषगरी एक्युट पेन र क्रोनिक पेन गरी दुई प्रकारका हुन्छन् । जसमध्ये एक्युट पेन सामान्य पेन किलर तथा शारीरिक व्यायामको माध्यमबाट एक्युट दुखाई ३ महिनाको अवधिमा आफैं निको भएर जान्छ । तर क्रोनिक पेन भने व्यक्तिमा लामो समयसम्म रहिरहन्छ । उमेर बढ्दै जाँदा हड्डी खिएर दुख्ने भए पनि आजभोलि युवामा मेकानिकल ब्याकपेन भएको देखिन्छ । ढाड दुख्ने विभिन्न कारण हुन्छन् ।  

    - हड्डी खिइने,

    -सुताई, बसाई नमिलेर,

    -मेरुदण्डको बाथ,

    -हड्डी पाकेर,

    -नशा च्यापिएर,

    -शारीरिक व्यायामको कमी,

    -कुरकुरे हड्डी सरेर,

    -लगातार कुर्सीमा बसिरहँदा,

    -हार्मोनहरुको गडबढी,

    -ढाडको ट्युमरले,

    -हाडजोर्नीको दुखाई, 

    -लिगामेन्टको समस्या,

    -दिशापिसाव धेरै समयसम्म च्यापेर,

    -मोटोपन,

    -बच्चाहरूमा जन्मजातै हड्डीहरू राम्ररी नबनेर,

     -हड्डी बाङ्गिएर 

    लक्षण

    विभिन्न कारणले हुने दुखाई विभिन्न किसिमका हुन्छन् । कसैलाई लगातार दुखाई हुन्छ । मेकानिकल भए काम गरिसकेपछि दुख्छ । कुरकुरे हड्डी सरेको रहेछ भने ढाड दुखाई सँगसँगै खुट्टापनि दुख्ने र झमझमाउन थाल्छ । खुट्टा लाटो लुलो हुन्छ । कुरकुरे हडडी सरेर नशा च्यापेको छ भने सिभिएर केसमा दिशापिसाव बन्द समेत हुन सक्छ । हड्डी खिइएको हो भने नियमित दुखाइ हुन्छ । निउँरिदा बढी दुख्ने हुन्छ । खानामा अरुचि हुने हुन्छ । 

    बच्ने उपाय

    कुनै पनि रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम उपाय हो । हामीले ढाडको समस्या हुन नदिन लामो समयसम्म कुर्सीमा बसेर काम नगर्ने । लगातार कुर्सीमा बसेर काम गर्नैपरे एक एक घण्टाको फरकमा २/३ मिनेट यताउता हिंडडुल गर्नुपर्छ । सुत्दा शरीर र सिरानीको आसन मिलाएर सुत्नुपर्छ । कुर्सीमा बस्दा ढाडमा सिरानी राखेर बस्नुुपर्छ । भुँइमा खसेको सामान समात्न परे निहुँरिएर भन्दा आरामले बसेर समात्ने गर्नुपर्छ ।

    उपचार 

    ढाड दुख्ने समस्या के कारणले भएको त्यसलाई पत्ता लगाएर उपचारकोे पाटोतिर लाग्नुपर्छ । कुनै कुनै ढाडको दुखाई औषधि वा उपयुक्त आसनबाट ठिक हुन्छ । विहानीपख बढी दुख्ने, ढाडमा अर्रअरोपना हुने, सुत्दा आराम हुने समस्या आए मेरुदण्डको बाथको कारणले भएको बुझ्नुपर्छ ।

    युवाअवस्थामा बढी देखिने मेकानिकल ब्याकपेन हो, जुन मेरुदण्डको बाथको कारण हुन्छ । यसको उपचारको लागि सहि आसनमा बस्नुपर्छ । निहँरिएर, झुकेर काम गर्नुहुँदैन ।
    नियमित शारीरिक व्यायाममा ध्यान दिनुपर्छ ।

    ढाडको एक्सरसाइजमा जोड दिनुपर्छ । हड्डी खिइएको भएको भए दुखाइ कम गर्न औषधि खाने र नियमित व्यायाममा ध्यान दिनुपर्छ । ट्युमर वा क्यान्सरको कारणले दुखेको भए त्यही अनुरुप उपचार गर्नुपर्छ । हाडहरू बाङ्गो भएको भए अप्रेशन गरेर सोझो बनाउनु पर्छ ।

    नशा च्यापिएको भए फिजियोथेरापी, एक्सरसाइज लगायत औषधि सेवन गरेर दुखाइ निको पार्न सकिन्छ । 

    राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक डा.बिनोद शेरचनसँग गरिएकाे कुराकानीमा आधारित  

     

  • सम्बन्धित विषय:

  • # ढाड दुख्ने समस्या

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij