Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

अज्ञात समूहद्धारा वडाध्यक्षमाथि ढुंगा प्रहार

अज्ञात समूहद्धारा वडाध्यक्षमाथि ढुंगा प्रहार

  • 512
    SHARES
  • अज्ञात समूहद्धारा वडाध्यक्षमाथि ढुंगा प्रहार

    संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका-२ का वडाध्यक्ष मिरबहादुर राईमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेको छ ।

    मंगलबार साँझ वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

    ढुंगा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते भएका छन् । मोटरसाइकलमा घर जाँदै गर्दा अज्ञात समूहले वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार भएको हो ।

    अज्ञात समूहको ढु‌ंगा प्रहारबाट वडाध्यक्षलाई टाउ, ढाड र हातमा सामान्य चोट लागेको वडाध्यक्षले राईले बताए । वडाध्यक्ष राई माथि ढुंगा प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij