Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

ओमिक्रोनपछि कोरोना समाप्त हुन्छ भन्नु खतरनाकः विश्व स्वास्थ्य संगठन

ओमिक्रोनपछि कोरोना समाप्त हुन्छ भन्नु खतरनाकः विश्व स्वास्थ्य संगठन

  • माघ १०, २०७८ सोमवार १८:५० बजे
  • 564
    SHARES
  • ओमिक्रोनपछि कोरोना समाप्त हुन्छ भन्नु खतरनाकः विश्व स्वास्थ्य संगठन

    एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोरोनाको ओमिक्रोन अन्तिम भेरियन्ट भनेर सोच्नु गलत भएको बताएको छ । संगठनले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट रहेको र हामी महामारी अन्त्यको अन्तिम चरणमा छौं भनेर सोच्नु खतरनाक भएको बताएको छ । 

    डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडहनर्म गिब्रयेससले यसका लागि अलग अलग परिदृश्य रहेको बताए । 

    कोरोना महामारी कसरी समाप्त हुन्छ र यसको प्रसार कसरी समाप्त हुन्छ भन्नेबारे उनले केही खुलाएनन् । उनले ओमिक्रोन अन्तिम नभएको भन्दै यसपछि कोरोनाको नयाँ भेरियन्ट आउन सक्ने बताए । उनले कोरोना महामारीका कारण उत्पन्न परिस्थितिलाई परिवर्तन गर्नका लागि त्यस्तो परिस्थितिलाई परिवर्तन गर्न आवश्यक रहेको जसका कारण महामारी फैलिएको बताए ।

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij