Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

बर्डफ्लूको एच५एन८ स्ट्रेनबाट पहिलोपटक मानिस संक्रमित

बर्डफ्लूको एच५एन८ स्ट्रेनबाट पहिलोपटक मानिस संक्रमित

  • फाल्गुण ९, २०७७ आइतवार १६:१२ बजे
  • 1.2K
    SHARES
  • बर्डफ्लूको एच५एन८ स्ट्रेनबाट पहिलोपटक मानिस संक्रमित

    मस्को । रुसमा बर्ड फ्लुको एच५एन८ स्ट्रेन पन्छिबाट मानिसमा पहिलोपटक संक्रमण भएको छ । अधिकारीका अनुसार रुसको दक्षिणी क्षेत्रमा एक पोल्ट्रीमा काम गर्ने सात कर्मचारी भाइरसको यस स्ट्रेनबाट संक्रमित भएका छन् । रुसमा गएको वर्ष डिसेम्बरमा बर्ड फ्लु फैलिएको थियो । 

    उपभोक्ता स्वास्थ्य मामिलामा काम गर्ने एक संगठनकी प्रमुख अन्ना पोपोवाले संक्रमण फैलिन रोक्नका लागि तत्काल पर्याप्त कदम उठाइएको बताएकी छन् । उनका अनुसार संक्रमित ती सबै सात जना कर्मचारीको स्वास्थ्य अवस्था राम्रो छ । रुसले भाइरसबाट मानिसमा संक्रमण देखिएको बारे विश्व स्वास्थ्य संगठनलाई जानकारी गराएको छ ।

    भाइरसको यो स्ट्रेन एक नयाँ उत्परिवर्तन हो, जुन अहिलेसम्म मानिसमा फैलिएको थिएन । यसभन्दा अगाडि रुसी वैज्ञानिकले एक संक्रमित व्यक्तिको शरीरबाट यस स्ट्रेन आइसोलेट गरेका थिए । विज्ञानको हिसाबले यो एकदम महत्वपूर्ण खोज भएको उनीहरुले बताएका छन् । भविष्यमा यो भाइरस पुनः उत्परिवर्तन भयो भने यसको सामना गर्न समय हुने वैज्ञानिकहरुले बताएका छन् । 

    बर्डफ्लूको अर्को स्ट्रेनले मानिसमा संक्रमण हुन्छ र मृत्युको कारण पनि बन्छ । तर बर्ड फ्लुको एच ५एन८ स्ट्रेन मानिसमा संक्रमण भएको पहिलो मुद्दा हो । 

  • सम्बन्धित विषय:

  • # रुस
  • # बर्ड फ्लु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij